दफा १२
अन्य नेपाल कानून अन्तर्गत सजाय हुन सक्ने

कुनै कसूर यो ऐन अन्तर्गत सजाय हुने र अन्य नेपाल कानून अन्तर्गत पनि सजाय हुने रहेछ भने सो कसूरमा कुनै व्यक्तिलाई अन्य नेपाल कानून अन्तर्गत मुद्दा चलाउने वा यो ऐन भन्दा बढी सजाय हुने गरी व्यवस्था भएको अन्य नेपाल कानून अन्तर्गत सजाय दिनमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमका कुनै कुराले बाधा पुयाउने छैन ।